Shikhar Insurance

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा सहभागीमध्ये ५ जनालाई आकर्षक उपहार

सिंहदरबार संवाददाता
२०८० पुष १९, बिहीबार १२:२०
NIMB
Nabil Bank

काठमाडौँ । ओईएम पार्टनरको सहकार्यमा नेपाल ल्युब आयल लिमिटेडले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिसले क्याम्प संचालन गरेको छ । जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनिले जनाएको छ ।

पौष ५ देखि १४ गते सम्म संचालित सो क्याम्प काठमाडौँ उपत्यका भरीका ५  वटा स्थानमा रहेको  भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा भएको थियो ।   भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र  गल्फ इन्जिन आयल चेन्ज  प्रदान  गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सो क्याम्पमा सहभागी २ हजार ६०० भन्दा धेरै ग्राहक मध्ये ५  भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो ।  लक्की ड्र बाट रत्न केशरी रंजितकार  (भक्तपुर),  रन्जु नेपाल  (बनेपा),  नविना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र  मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता हुनु भएको थियो।  क्याम्प नेपाल ल्युब आयल र भेस्पा÷अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.को  संयुक्त आयोजनामा भएको हो  ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्