Shikhar Insurance

टियुमा खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्त गर्न दरखास्त आव्हान तर सर्तसहितको सिण्डीकेट

सिंहदरबार संवाददाता
२०८० पुष २०, शुक्रबार ०८:५३
NIMB
Nabil Bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तीका लागि गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न आव्हान गरेको हो ।

उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता तोकिएको छ । साथै विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने थप सर्त राखिएको छ । यसले प्रतिष्पर्धालाई सिमित पार्ने र पुनः सिण्डिकेट कायम गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सूचना अनुसार त्रिविको उपकुलपति बन्न चाहनेले बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्धि सोचपत्र र पाँच हजार शब्दमा चार वर्षे कार्ययोजना पेश गर्नुपर्नेछ ।
डा. धर्मकान्त बास्कोटाले चार बर्षे कार्यकाल पुरा गरि कात्तिक १८ गतेदेखि उपकुलपति पद छाडेका थिए र सो पद त्यसयता रिक्त छ। आवेदन दिनेहरुमध्येबाट सिफरिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ र मन्त्रिपरिषदले त्रिविका लागि नयाँ उपकुलपति नियुक्त गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्