Shikhar Insurance

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प

सिंहदरबार संवाददाता
२०८० पुष २३, सोमबार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २४ देखि २६ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । ‘जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले त्यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ, सुजुकीका ग्राहकलाई यो बिषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको हो ।’, कम्पनीले भनेको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ग्राहकहरुले लक्की ड्र मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जीत्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उनीहरुले ५० प्रतिशत छुट पाउनेछन् । पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन् भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्