Shikhar Insurance

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, यस्ता छन् मूल्य र फिचर

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार १५:२६
NIMB
Nabil Bank

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई एक्सटरको बुकिङ खुल्ला आज देखी खुल्ला गरेको छ ।  कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो शोमा प्रदर्शनमा राखेको गाडीको बिक्री खुला अहिले गरेको हो।

हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो सयूभी हो जुन हुन्डाई भेनु भन्दा अघी रहने छ। आकर्षक बनोट र बिभिन्न फिचरले एक्सट्रलाई एक बिशेष सयूभी बनाएको छ । गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर को विजेता समेत बनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।

१।२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो । हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अरु सेफटी , कम्फटका फिचरलाई विशेष ध्यान दिएर बनाइएको छ ।

यसमा १८५ एमएमको उत्कृष्ट गराउन्ड किलिअरेन्स रहेको छ, जस्ले गर्दा नेपाल को बिभिन्न बाटोहरुमा सहज यात्रागर्ने आत्मविश्वास दिलाउँछ। हील एसिस्ट कन्ट्रोल र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ। ६ कलर अप्सनमा आउने एक्सट्र नेपालमा एक्स, एस र एसएक्स गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ जस्को मुल्य क्रमश ३४ लाख ९६ हजार रुपैयाँ, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ ं चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्