Shikhar Insurance

युवा उद्यमीद्वारा राष्ट्रिय नीति संवाद-२०२४ सम्पन्न, स्टार्टअप र उद्यमशिलता प्रवर्धनमा जोड

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १२:१२
NIMB
Nabil Bank

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) द्वार आयोजित राष्ट्रिय नीति संवाद-२०२४ कार्यक्रम सम्पन्न भएको छ । आईएलओ-एसएएलइसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम फागुन १५ गते होटल हिमालयमा सम्पन्न भएको हो ।

कार्यक्रममा एनवाईइएफका स्टार्टअप अध्यक्ष आभूषण ज्योति कंसाकारले देशमा स्टार्टअपको स्थिति, चुनौति, अवसर र उत्कृष्ट अभ्यासको बारेमा जानकारी दिदैँ युवा उद्यमीहरूको मागलाई सरकारले जोड दिनुपर्ने र आवश्यकतालाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताए । एनवाईइएफका अध्यक्ष सहारा जोशीले युवाहरूलाई उद्यमशील परिदृश्यमा सशक्त बनाउन निरन्तर सहयोगको महत्त्वमा जोड दिने प्रतिबद्धता जनाइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका खोमराज कोइराला, एनवाईइएफका राष्ट्रिय गभर्निङ काउन्सिलका प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्