Shikhar Insurance

महानगरको २ करोड लागतमा ठमेल क्षेत्रका सडकमा कालोपत्र

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १४:४८
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ करोड ५० लाख लागतमा ठमेल क्षेत्रभित्रको सडक कालोपत्र गरेको छ । महानगरको सहयोगमा कामपा–२६ ले ठमेल क्षेत्रको अमृत मार्ग, पर्यटन मार्ग, वैशाली मार्ग र भगवती मार्गका सडक कालोपत्र गरेको हो ।

मुलुकको सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका सडक कालोपत्र भएसँगै वसन्त ऋतुमा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई समेत हिँड्डुलमा सहज भएको छ । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम सुरु गरेको जानकारी दिए । उनले भने, “ढल खन्दा र बिजुलीको तार ‘अन्डरग्राउन्ड’ गर्दा बाटो खनिएको हो, हामीले उक्त बाटोलाई पुरेर कालोपत्र गरेका छौँ ।”

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो समय ठमेल क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ठमेल पर्यटन विकास परिषद् लागिरहेको छ । परिषद्ले विभिन्न निकायको सहकार्यमा ठमेलभित्र अव्यवस्थित रुपमा रहेका बिजुली तथा इन्टरनेटका तार हटाउने, ढललाई व्यवस्थित गर्ने, सिसी क्यामरा जडान गर्नेलगायतका काम गर्दै आएको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्