Shikhar Insurance

३ कम्पनीको साधारण सभा बस्दै, के-के छन् एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १०:३२
NIMB
Nabil Bank

काठमाडौं । आज (चैत ९ गते) ३ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । आज शिखर इन्सुरेन्स, जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले वार्षिक साधारण सभा बस्ने भएका हुन् ।

३ वटै कम्पनीले सेयरधनीलाई कुने पनि लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएका बस्ने भएका छन् । मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले आज साधारण सभा डाकेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

शिखर इन्सुरेन्स

शिखर इन्सुरेन्सको वार्षिक साधारण सभा केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गर्नेछन् ।

साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गरिसकेको छ ।

फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार भएको थिएन ।

जाल्पा सामुदायिक लघुवित्त

जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि आव्हान गरेको छ । लघुवित्तको सभाले किसान लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गते बुक क्लोज गरिसकेको छ । फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

किसान लघुवित्त
किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । लघुवित्तको सभाले जल्पा लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते बुक क्लोज गरिसकेको छ । फागुन ३० गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्