Shikhar Insurance

सिद्धार्थ प्रिमियरको २ लाख ८७ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक सेयर सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ८७ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २१० रुपैयाँ रहेको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएर बिक्रीमा ल्याएको थियो तर, सो अवधिमा सेयर खरिद नगरेपछि कम्पनीले सर्वसाधारणहरुको लागि बिक्री खुल्ला गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले वा अन्य जोकोहि व्यक्ति कम्पनी संघसंस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा आवेदन पेश गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्