Shikhar Insurance

म्याग्देमा घुम्ती शिविर संचालन : ९ हजार सेवाग्राही लाभान्वित

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १२:०७
NIMB
Nabil Bank

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा ९ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल–टोलमा पुगेर ९ हजार तीन सय ५३ जनालाई सेवा प्रदान गरिएको हो ।

‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार, कृषि, पर्यटन र पूर्वाधार मूल आधार’ भन्ने नारालाई आत्मसात् गर्दै १८ दिन शिविर सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार एलोपेथिक सेवाअन्तर्गत तीन हजार ३८ र आयुर्वेद उपचारतर्फ ८ सय ७८ जनाले सेवा लिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी कृषि सेवातर्फ २ हजार नौ सय १५ र पशुको उपचार शाखाबाट १ हजार नौ सय २६ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा ७५ जना अपाङ्गता तथा ज्येष्ठ नागरिकले सेवा लिएका छन् । पालिकाको विभिन्न योजना तथा प्राविधिकसम्बन्धी ४८ वटा उपभोक्ता समितिले सेवा लिएका गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

उक्त शिविर अवधिमा ५९ वटा व्यापार व्यवसाय तथा संस्था दर्ता गरिएका तथा पञ्जीकरण शाखाबाट सन्ताउन्न जना सेवाग्राहीले सेवा लिएका छन् । शिविरवाट प्रशासनिक कार्यमा तीन सय ५७ जनाले सेवा लिएका अध्यक्ष श्रेष्ठले बताए । यसअघि उक्त गाउँपालिकाले पनि मिर्गौला, पाठेघर परीक्षण र तीनदिने अर्बुद्ध रोग परीक्षण शिविर सञ्चालन गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्