Shikhar Insurance

४५ दिन नपुग्दै महानिर्देशक बरालको सरुवा, अर्थमा आए माओवादीका तीन सहसचिव

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १३:४३
NIMB
Nabil Bank

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बरालको सरुवा भएको छ । बराल महानिर्देशक बनेको ४५ दिन नपुग्दै सरुवा भएको हो ।

बिहिबार (चैत ७ गते) बसेको मन्त्रिपरिषद बैठकले बरालसहित केहि सहसचिवहरुको सरुवा गरेको हो । पुर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बराललाई माघ १९ गते महानिर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्रालयमा नयाँ मन्त्री वर्षमान पुनको आगमन भएसँगै बरालको सरुवा भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै मन्त्रालयमा तीन सह-सचिव भित्रिएका छन् । माओवादी निकट भनेर चिनिएका ढुण्डी निरौला, नारायण प्रसाद सापकोटा र शिवलालल तिवारी मन्त्रालय आएका छन् ।

सहसचिव निरौलाले आन्तरिक राजस्व विभागको महानिर्देशक दाबी गरिरहेका छन् । स्रोतका अनुसार उनले आन्तरिक राजस्व विभाग महानिर्देशक बन्नका लागि चर्को लविङ गरिरहेका छन् । यदी आन्तरिक राजस्व विभागको जिम्मेवारी नपाए भन्सार विभागको महानिर्देशक बन्न पनि उनले दबाब दिइरहेका छन् ।

निरौला यसअघि मध्यमस्तरिय करदाता कार्यालय प्रमुख बनेर काम गरेका छन् । यस्तै ठूला करदाता कार्यालयका प्रमुख भैसकेका तिवारीलाई मन्त्री पुनले राजस्व विभागका महानिर्देशक बनाउन चाहेका छन् । राजस्व अनुसन्धान विभाग र भन्सार विभागका महानिर्देशक भैसकेका सापकोटा पनि विभागको दाबी गरिरहेका छन् ।

अर्थमा सरुवा हुन माओवादी निकट कर्मचारीहरुको चर्को लबिङ, को-को छन् सूचिमा ?

GBIME

प्रतिक्रिया दिनुहोस्