Shikhar Insurance

८ महिनामा ९ सय बढी थपिए क्षयरोगका बिरामी

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १४:२२
NIMB
Nabil Bank

सुर्खेत । कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ । चालु आर्थिक वर्षको ८ महिनामा प्रदेशका १० जिल्लामा गरी ९ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार ७७ जनामा क्षयरागको सङ्क्रमण देखिएको थियो । जबकि चालु आर्थिक वर्षको ८ महिनामा मात्रै नौ सय तीन बिरामी थपिएका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै सुर्खेतमा तीन सय १८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, सल्यानमा एक सय ४९, रुकुमपश्चिमा १ सय एक र दैलेखमा ९९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग स्रोतव्यक्ति दयाराम पङ्गालीले जानकारी दिए ।

उनका अनुसार जाजरकोटमा ८६, कालीकोटमा ५२, जुम्लामा ५४, डोल्पामा १९, हुम्लामा १३ र मुगुमा १२ नयाँ क्षयरोगका बिरामी चालु आर्थिक वर्षको ८ महिनामा फेला परेका छन् । कर्णालीमा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको जनाउँदै पङ्गालीले बिरामीलाई उपचारको दायरामा ल्याउने गरी प्रचारप्रसार भइरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्