Shikhar Insurance

प्रभु बैंकको सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर आज (बुधबार)देखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गरेको हो ।

बैंकले सेयरधनीहरु चिरञ्जीवी श्रेष्ठको नाममा रहेको ८९ हजार ४ सय १५, गोविन्द प्रसाद ज्ञवालीको नाममा रहेको १९ हजार ७ सय ६ र भारती कुमारी आचार्यको नाममा रहेको ५१ हजार ८८ गरी जम्मा १ लाख ६० हजार २ सय ९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्