Shikhar Insurance

ग्लोबल आइएमई लघुवित्तको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरू रहेका छन् ।
उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय पोखरा विजयपुरमा निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधीमा सेयरधनीहरुबाट सेयर खरिदको लागि कुनै पनि निवेदन नपरेमा प्रचलित कानुन बमोजिम सर्वसाधारणको लागि बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्