Shikhar Insurance

करिब २९ करोडमा निर्माण भएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १३:५५
NIMB
Nabil Bank

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो ।

करिब दुई वर्षअघि सङ्घीय सरकारको २८ करोड ८१ लाखमा निर्माण भएको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक बनाएका छन् । होल्डिङ सेन्टरमा २० वटा क्वारेन्टिन, दुईवटा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्साकोठा निर्माण गरिएका छन् । एक हजार क्षमताको होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणमा भने अहिलेसम्म कुनै टुङ्गो लाग्न सकेको छैन । होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म कुनै टुङ्गो नलागेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउ । उनले भने,“छलफल धेरै भएको छ । कसको मातहत जाने भन्ने लिखित आइसकेको छैन ।”

Citizen Life
Kumar Bank
Nepal Life

“सङ्घीय सरकारको लगानीमा बनेको हो । कसलाई हस्तान्तरण गर्ने के सञ्चालन गर्ने हामीलाई केही निर्देशन आइसकेको छैन । उनले बताए । कैलालीको धनगढी उपमहनगरपालिकाले स्वामित्व लिएर बाल अस्पताल बनाउने प्रस्ताव गरेको भए पनि त्यसको केन्द्र सरकारबाट सहमति नआएको उपमहानगरका स्वास्थ्य शाखाप्रमुख योगेश अवस्थीले बताए । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खड्काले भने,“सुरुमा प्रदेश सरकारले चलाउने भन्ने कुरा भएको थियो । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कुरा भएको थियो । स्वामित्व लिनका लागि मन्त्रालयबाट पहल भएको थियो । केन्द्रबाट त्यसको कुनै टुङ्गो लागेन ।”

विसं २०७८ वैशाखमा निर्माण सुरु भएको होल्डिङ सेन्टर २०७९ साउनमा निर्माण सम्पन्न भएको सूचना अधिकारी जोशीले जानकारी दिए । नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको थियो । हाल नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ । प्रयोगविहीन हुँदा होल्डिङ सेन्टर जीर्ण बन्दै जाने खतरा पनि बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्