Shikhar Insurance

यति ब्रुअरीको ६ महिनामै १ अर्ब १० करोडको व्यापार, प्रतिलिटर २३५ रुपैयाँ करले घट्यो कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १३:११
NIMB
Nabil Bank

काठमाडौं । सरकारले वियरमा निरन्तर कर वृद्धि गर्दा व्यावसायमा गम्भिर असर परेको छ । प्रत्येक वर्ष आर्थिक ऐन मार्फत कर बढ्दा वियर उद्योगको व्यापारमा धक्का पुगेको हो ।

अर्ना वियर बिक्री गर्ने यति ब्रुअरीले चालु वर्षको पहिलो ६ महिनामा १ अर्ब १० करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ५६ करोड ५० लाखको व्यापार गरेको थियो । कम्पनीले गतवर्ष जत्तिकै व्यापार गर्न अबको ६ महिनामा १ अर्ब ४६ करोडको  व्यापार गर्नुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

देशमा देखिएको आर्थिक शिथिलता र सरकारले वर्षेनी वृद्धि गर्ने करको मारमा उद्योग परेको हो । रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार सरकारले मदिरा उद्योगलाई धेरै कडाई गर्दा उद्योगको भविष्यमा समेत दबाब बढेको छ । पुर्वअर्थ मन्त्री जनार्दन शर्माले धेरै राजस्व असुल गर्ने भन्दै वियरमा प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर एकैपटक २ सय २८ रुपैयाँ बनाइदिएका थिए । यस्तै, पुर्व अर्थमन्त्री प्रकाशशरण महतले पनि प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरेर २३५ कायम गराएका थिए ।

सरकारले कर थोरै बनाउँदा कम्पनीको व्यापार बढेको देखिन्छ । प्रतिलिटर १ सय ९८ रुपैयाँ कर उठाउँदा कम्पनीको व्यापार सन् २०२२ मा ३ अर्ब ४६ करोड ७० लाखको कारोबार पुगेको थियो । यस्तै, सन् २०२१ मा २ अर्ब ९८ करोड ३० लाखको व्यापार गरेको थियो ।

कम्पनीको उद्योग चितवन जिल्लामा छ । विशाल ग्रुप र एभरेष्ट ग्रुपको लगानी रहेको यस उद्योग सन् २०१७ देखि संचालनमा आएको हो । कम्पनीको वार्षिक ४ करोड ३० लाख लिटर वियर उत्पादन गर्न सक्ने क्षमता छ । कम्पनीले अर्ना, यति, शिखर, किङफिसर, सेभेन साईन लगायत अल्कोहलमा आधारित १४ प्रकारको वियर उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीले भारत, जापान, अष्ट्रेलिया लगायत देशमा पनि वियर बिक्री वितरण गर्दै आएको छ । कम्पनीको मुख्य लगानीकर्तामा सन्जिभ सराफ ३२.८४ प्रतिशत, जयजिभ सराफ ११.६६ प्रतिशत, विशाल अग्रवाल ६.९२ प्रतिशत, र अन्य व्यक्तिहरुको लगानी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्