Shikhar Insurance

गोदरेजको नयाँ बम्पर अफर, ३० हजारसम्मको आकर्षक क्यासब्याकसहित पक्का उपहार

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १८:१०
NIMB
Nabil Bank

काठमाडौं । गोदरेज ब्राण्डले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विसेस’ नामक अभियान सुरु गरेको छ । गोदरेजका घरायसी सामानहरु खरिद गर्दा ३० हजारसम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्ने योजना ल्याएको हो ।

थटफूल न्यू इयर विसेस योजना अन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ग्राहकहरुले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा निस्शुल्क कुकिङ किट प्राप्त गर्न सक्ने जनाउँदै कम्पनीले योजना चैत्र ३० गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू हुने जनाएको छ । गोदरेज अप्लायन्सको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओइल प्रालि रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्