Shikhar Insurance

सिद्धार्थ बैंकको ५ लाख १० हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १०:२७
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको कूल ५ लाख १० हजार ३ सय ७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी संजय कुमार केडियाको नाममा रहेको ४ लाख ५० हजार कित्ता र रुविका अग्रवालको नाममा रहेको ६० हजार ३ सय ७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौं स्थित कम्पनी सचिव कार्यालयमा अनफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन पेशगर्ने सक्नेछन् ।

साथै, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्