Shikhar Insurance

रिडी पावर कम्पनीको ११ लाख बढी कित्ता हकप्रद सेयर बाँडफाँड

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले चैत २९ गतेदेखि सर्वसाधारण समुहको अवितरित ११ लाख ३५ हजार ६ सय ५७ कित्ता हकप्रद सेयर बाँडफाँट गरेको हो ।

आवेदन दिने अन्तिम म्याद (वैशाख ९ गते) सम्म परेको बोलपत्रहरू वैशाख १३ गते खोली वैशाख १७ गते निष्कासनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बाँडफाँडमा नपरेका आवेदकहरूको सेयर बापतको रकम वैशाख २० गतेदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत जम्मा गराइने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

साथै, बाँडफाँडको अन्तिम मूल्य १ सय ४८ रुपैयाँ १० पैसा रहेकोमा उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा सेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्