Shikhar Insurance

चौधरी ग्रुपले नेपाली बजारमा ल्यायो पंखा र कुलर, यस्ता छन् मूल्य र फिचर्स

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १२:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा क्रम्प्टन एप्लायन्सको आधिकारिक वितरक चौधरी ग्रुपले पंखा र कुलरहरू नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपाली उपभोक्ताहरूको विविध आवश्यकता र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका पंखामा–सिलिङ् फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान र एक्जस्ट फ्यान बजारमा ल्याएको हो ।

स्टाइलिश डिजाइन र ऊर्जा–कुशल कार्यसम्पादनको साथ, क्रम्प्टन सिलिङ् फ्यानहरू कुनै पनि घरको लागि उत्तम हुन्छ साथै आराम र भव्यता दुबै प्रदान गर्ने कम्पनीले जनाएको छ । इकोनोमिक सिलिङ् फ्यान सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज ग्यालप (Surebreeze Gallop), पवन (Pavan), अल्फा ब्रिज (Alpha Briz), विन्जर (Winzer), कूल ब्रीज (Cool Breeze) र सी विन्ड (Sea Wind) छन् । डेकोरेटिभ सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज मोन्टानिया (Surebreeze Montania), अरिया ब्रिज प्राइम (Ariya Briz Prime) र सुपर एयर डेको (Super Air Deco) छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आधुनिक डिजाइनको साथ, क्रम्प्टन स्ट्यान्ड फ्यानले शीतलता र हावा परिसंचरण प्रदान गर्दा कुनै पनि कोठामा सुन्दरता थप्छ । स्ट्यान्ड फ्यान वर्गमा क्रम्प्टनसँग गेल क्लासिक (Gale Classic), हाई फ्लो नियो (High Flo Neo), स्टोर्म २ (Sstorm 2) र ब्रिजस्टार फराटा (Brizstar Farrata) छन् । सीमित फ्लोर स्पेस भएका कोठाहरूको लागि आदर्श, क्रम्प्टन वाल फ्यानले घरको ठाउँ नलिइकन कुशल कूलिङ प्रदान गर्नुका साथ साथै यसको स्पेस–सेभिंग डिजाइन, वाल फ्यान भान्सा, शयनकक्ष र हलवेहरूको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

कम्पनीले भने,क्रम्प्टनका एक्सहस्ट फ्यानहरू आधुनिक घरपरिवार र व्यावसायिक स्थानहरूको विविध आवश्यकताहरू पूरा गर्न सावधानीपूर्वक बनाइएका छन् । भान्साकोठामा खानाको गन्ध हटाउन, बाथरुममा चिस्यान कम गर्न वा कार्यशालाहरूमा हावाको गुणस्तर सुधार गर्न, क्रम्पटन एक्सहस्ट फ्यानहरू कुनै पनि वातावरणमा असाधारण परिणामहरू प्रदान गर्न इन्जिनियर गरिएका छन् । यसमा, क्रम्प्टनको ड्रिफ्ट एयर प्लस (मेटल बडी र मेटल ब्लेडसहित) जुन ६, ९ र १२ इन्च साइजमा उपलब्ध छ भने ब्रिस्क एयर नियो (टिकाउको लागि हल्का बडी) जुन ६, ८ र १० इन्च गरी तीन साइजमा पाईने कम्पनीले जानकारी दिएको छ ।

त्यसै गरी कुलरमा, डेसर्ट एयर कुलरमा अप्टिमस ६५, कूल ब्रिज ड्याक ५३/८०, ओजोन ५५/७५, ओजोन क्लासिक एच ५५, जेलस ड्याक २८/४३, गेल ड्याक ६०/९०; टावर एयर कुलरमा, अप्टिमस निओ ३५/३५ आइ/ ५२; पर्सनल एयर कुलरमा, जेडी प्याक २२/३५ र विन्डो एयर कुलरमा अप्टिमस क्लासिक ७० मोडेल उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्