Shikhar Insurance

आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १५:१९
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.९३ अंकले बढेर २००६.२८ मा पुगेको हो ।

मंगलबार ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ कारोबार भएको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ८.२९ प्रतिशत, बोटलर्स नेपाल तराई लिमिटेडको ७.६२ प्रतिशत, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको ७.२० प्रतिशत सहित २४३ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्