Shikhar Insurance

वैशाख २३ र २४ गते रियल स्टेट सम्मेलन हुँदै

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १९:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल स्टेट सम्मेलन–२०२४ आयोजना गर्ने भएको छ । काठमाडौंको होटल हिमालयमा आगामी वैशाख २३ र २४ गते दुई दिन सम्मेलन हुने महासंघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हाे ।

सम्मेलनमा घरजग्गासँग सम्बन्धित स्वदेशी तथा विदेशी दुई सय भन्दा बढी सहभागी हुने महासंघको भनाई रहेको छ । वर्तमान समयको सुस्त आर्थिक गतिविधिले व्यवसायमा परेको प्रभाव, जग्गा तथा आवास क्षेत्रमा हुनुपर्ने सुधार, नितिगत व्यवस्था, व्यवसायीको भुमिका लगायतका विषयमा सम्मेलनमा छलफल हुने महासंघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

“विश्व परिदृश्यमा रियल स्टेटको अवस्था र नेपालले लिनुपर्ने कार्यदिशा” मुल नारा छलफलमा स्वदेशी तथा विदेशी विज्ञहरु , नीति निर्माता, तथा सहभागीहरूबीच खुला छलफल हुनेछ । स

म्मेलनमा सम्बन्धित मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंक लगायतका निकायहरु समेतको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनबाट रियल स्टेट क्षेत्रको विकासका लागि नीति निर्माता, प्रशासक र व्यवसायीको भूमिका, अन्तरसम्बन्ध र सहकार्यबारे कार्यदिशा तयार गर्न सहयोग पुग्ने विश्वास रहेको महासंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्