Shikhar Insurance

एकैदिन २ हजार ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार १०:४७
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको छ । मंगलबार स्थिर रहेको सुन मूल्य आज २७ सय रुपैयाँले घटेको हो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्