Shikhar Insurance

४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ४ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बिशेष साधारण सभा आव्हान गरेको हो ।

कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुने सूचनामार्फत उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात् १० सेयर बराबर ४ सेयरको अनुपातले हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा हकप्रद सेयर जारी पछि चुक्ता पूँजी वृद्धि हुने हुँदा सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिने मुख्य एजेण्डा रहेका छन् ।

साथै, सभा प्रयोजनको लागि कम्पनीले वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख २६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्