Shikhar Insurance

कुमारी बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार ११:५९
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संथपक सेयर बिक्रीमा ल्याएको छ । कम्पाीले ५ जान संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार १ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी सीता गुरुङ्गको नाममा रहेको ८० हजार कित्ता, दिनेश विक्रम श्रेष्ठको नाममा रहेको ७ हजार ९ सय १४ कित्ता, रघुनाथ घिमिरेको  १ हजार ९ सय ७९ कित्ता, राम भरोसा वैद्यको ५ हजार ९ सय ३८ कित्ता, संजय नारायणको नाममा रहेको १ हजार ३ सय १९ कित्ता सेयर गरी कुल ९७ हजार १ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडा, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयमा स्ेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्थालाई आवेदन खुल्ला गर्ने बैंककले एक सूचना मार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्