Shikhar Insurance

मुख्यमन्त्री जम्कट्टेलद्वारा सीपयुक्त जनशक्ति उत्पादनको प्रतिबद्धता

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार १२:३२
NIMB
Nabil Bank

बागमती । बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन् ।

यस अवसरमा प्रदेश प्रमुख शर्माले आज शुभकामना सन्देश जारी गरेर मजदुरहरूले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरूको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशको आवश्यकता र श्रम बजारअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । एक सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्ने वैदेशिक रोजगारीलाई सीपयुक्त र थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई सम्मानपूर्ण रोजगारीको अवस्था सृजना गर्नुपर्ने महसुस गरेको र यसलाई प्रदेश सरकारले प्रभावकारी योजनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यबद्धता व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले नेपाली श्रमजीवी समुदायमा सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगामा पुर्याउने जिम्मेवारी पूरा गर्न अनवरत रूपमा लागिरहने प्रतिबद्धता जानएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्