Shikhar Insurance

नेप्सेको प्राङगणमा बुल बनाउने क्रममा भ्रष्टाचार भएको आरोप, अर्थ मन्त्रालयमा छानविन समिति गठन

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार १४:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्राङगणमा बुलको प्रतिमा राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै अर्थ मन्त्रालयले छानविन समिति बनाएको छ । मन्त्रालयले नेप्सेले अघि बढाएको ठेक्का प्रकृयामा छानविन सुरु भएको हो ।

अर्थ मन्त्रालयको निर्णयमा भनिएको छ, ‘नेप्सेको प्राङगणमा बुल को प्रतिमा निर्माण कार्यमा भ्रष्टाचार भएको लगायतका विषयमा छानविन गर्न समिति गठन भएको ।’ मन्त्रालयका अनुसार एक उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से संचालक समितिले नेप्से प्राङगणमा नेप्से बुलको प्रतिमा राख्ने निर्णय गरेको थियो । बुल पितलबाट निर्माण तयारी थियो । सोहि योजना अनुसार नेप्सेले बोलपत्र समेत आव्हान गरेको थियो । नेप्सेले बुलको प्रतिमा बनाउन अहिलेसम्म एक रुपैयाँ पनि भुक्तानी नगएको नेप्सेका एक कर्मचारीले बताए । ती कर्मचारीले सिंहदरबारसँग भने ‘प्रतिमा बनाउने भन्ने निर्णय भएको २ वर्ष भैससकेको छ, तर हालसम्म एक रुपैयाँ भुक्तानी गएको छैन, भ्रष्टाचार भएको भनि मुद्दा पर्न सुरु भैसक्यो ।’

अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले भ्रष्टाचार भएको भन्दै छानविन समिति गठन गरेको हो । विश्वका अन्य देशमा पनि नेप्से कार्यालयमा बुलको प्रतिमा बनाउने अभ्यास रहेको हुन्छ । नेपालमा पनि आकर्षक विद्युतिय बुल बनाउने योजना नेप्सेले अघि सारेको थियो । नेप्सेमा बन्ने बुल ६ फुट उचाई र ७ फुट लम्बाई हुनेछ । यस्तै बुलको तौल १२ सय दखि १३ सय किलो हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्