Shikhar Insurance

भास्कर आई केयरमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १०, बिहीबार १६:२९
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक लिमिटेड र भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बिराटनगर–७,मोरङ्गस्थित भास्कर आई केयरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया , पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहका बिच भास्कर आई केयरकका संचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश का प्रमुख वयापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयरमा पेश गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

Citizen Life
Kumar Bank

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले निरन्तर स्तरिय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि भास्कर आई केयरमा परामर्श तथा उपचार सेवाहरुमा १०∞ देखि १५∞ सम्मको छुट व्यवस्था रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्