Shikhar Insurance

एभरेष्ट अस्पतालको नयाँ वर्ष विशेष अफर, होलबडी चेकअपमा २० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०७८ पुष १५, बिहीबार १९:२४
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट अस्पताल प्रालीले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अबस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ बर्ष २०२२ को अबसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बरालले भने, ‘एभरेष्ट अस्पतालले प्रत्येक बर्ष केही न केही नयाँ अफरहरु दिदै आएको छ । यस वर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरु लिएर आएको छ ।’

उनका अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् ।

पुस १६ गतेबाट पुस २५ गतेसम्ममा होलबडि चेकअप गर्ने विरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै बिहानको ६.३० बजे भन्दा अगाडि सुगरका बिरामीले सुगर जाँच गराउदा १०० प्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्