Shikhar Insurance

टिकट बुकिङ गरेर चन्द्रागिरी जानेले ३० प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०७८ पुष १६, शुक्रबार १३:२९
NIMB
Nabil Bank

काठमाडौं । ‘आईएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

सो अफर चन्द्रागिरि टिकटमा मात्र मान्य हुनेछ । क्यास ब्याकको अवधि २९ डिसेम्बर २०२१ देखि १ जनवरी २०२२ सम्म रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त अफर आईएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ । झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्