Shikhar Insurance

आयल निगमको आधिकारिक ट्रेड युनियनमा बामपन्थी पक्षधर विजय

सिंहदरबार संवाददाता
२०७८ पुष १६, शुक्रबार २०:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमको आधिकारिक ट्रेड युनियन निर्वाचनमा बामपन्थी पक्ष विजयी भएको थियो । आज भएको निर्वाचनमा बामपन्थी पक्षधर कर्मचारीहरूको संगठन नेपाल आयल निगम कर्मचारी संघ विजयी भएको हो ।

संघमा मधुमास कोविद पुन र छविलाल अगस्ती अध्यक्ष छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि पनि संघ नै आधिकारिक ट्रेड युनियन थियो । संघले यसअघि झैं आगामी दिनमा पनि निगम र निगमका कर्मचारीको सर्वोपरी हितलाई ध्यानमा राखी आफ्ना गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता गरेको छ । निगमका क्रियाशिल सबै ट्रेड युनियनसँग एक आपसमा सहकार्य गर्दै अगाडि बढ्ने वातावरणमा संघले नेतृत्वदायी भुमिका खेल्ने बताएको छ ।

शुक्रबार भएको निर्वाचनमा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियन पराजित भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्