Shikhar Insurance

६ कम्पनीलाई एक अर्ब २६ करोडको आईपीओ जारी गर्ने अनुमति, तीन लघुवित्त, दुई हाइड्रो र एक अन्य

सिंहदरबार संवाददाता
२०७८ माघ १०, सोमबार १३:१८
NIMB
Nabil Bank

काठमाडौं । ६ वटा कम्पनीहरुले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई एक अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

आईपीओ निष्काशनको अनुमति पाउनेमा बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चर्स लिमिटेड छन् । त्यस्तै, नेष्डो समृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त छन् भने अन्य कम्पनी तर्फ इमर्जिङ नेपाल लिमिटेड छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बलेफी हाइड्रोको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, ग्रीन भेञ्चरको ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तको ८ लाख २५ हजार कित्ता, जालपा लघुवित्तको ५ लाख २२ हजार कित्ता, राष्ट्रउत्थान लघुवित्तको ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन हुन लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्