Shikhar Insurance

सिटिजन लाइफ र खल्ती बीच साझेदारी

सिंहदरबार संवाददाता
२०७८ चैत्र ४, शुक्रबार ०८:१६
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गर्नेछ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरु देखी र हालसालै अनलाईन बीमा दाबी सेवा सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्