Shikhar Insurance

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई प्रतिक्षालय निर्माण

सिंहदरबार संवाददाता
२०७८ चैत्र ९, बुधबार ११:५३
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ । जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माण पछि हस्तान्तरण गरिएको कुरा बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी गराए ।

विद्यालयमा अध्ययनरत विधार्थिहरुलाई घाम पानीबाट बच्न सजिलोहोस् भन्ने उद्देश्यले बैंकले प्रतिक्षालय निर्माण गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्