Shikhar Insurance

अर्थमन्त्रीलाई गभर्नरको काउन्टरः विदेशी मुद्रा सञ्चिति अझै घट्छ

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १६:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले विदेशी मुद्रा सञ्चिति अझै घट्ने बताएका छन् । कोभिड संक्रमण घट्दै गएकाले अर्थतन्त्रको माग अझै बढ्ने भएकाले विदेशी विनिमय सञ्चितिमा चाप थपिने उनको भनाइ छ ।

बैंकको ६७ औं वार्षिकोत्सव समारोहमा मन्तव्य राख्दै गभर्नर अधिकारीले बाह्य क्षेत्रको चाप कम गर्न थप उपाय अबलम्बन गर्ने जिकिर गरे ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको अन्त्यसम्म शोधनान्तर स्थिति सन्तुलनामा आउने दाबी गर्दा राष्ट्र बैंकका गभर्नरले भने अझै केही समय बाह्य क्षेत्रमा दबाव कायम रहने बताएका हुन् । अर्थमन्त्री शर्माले आफूले रणनीति नै बनाएर ब्यालेन्स अफ पेमेन्ट सन्तुलनमा ल्याउने बताएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कोभिडको संक्रमणको डर कायम भएपनि सबै नागरिकले खोप लगाएकाले अर्थतन्त्रको पुनरुत्थान हुने दाबी उनको छ । तर, विदेशी विनिमयमा चाप अझै पर्ने बताउँदै अधिकारीले माग बढ्ने भएकाले आयात बढ्ने बताए । अधिकारीले असहज स्थिति सिर्जना भए सबै सरोकारवालाबाट आफूले सहयोगको अपेक्षा गरेको बताए ।

आव २०७९ को सुरुमा अधिक कर्जा गएको र त्यो कर्जा आयातमा खर्च भएको अधिकारीले बताए । जसकारण आयात बढ्यो र विदेशी मुद्रा सञ्चिति घटेर बाह्य क्षेत्र दबाब पर्यो, उनले भने । लकडाउनले आर्थिक गतिविधि ठप्प भएपनि लकडाउपछि चलायमान हुनुको कारण राष्ट्र बैंकले अघि सारेको नीतिगत उपाय र सहजीकरण रहेको उनको भनाइ छ ।

चालु आवमा राष्ट्र बैंकले धेरै नीतिगत व्यवस्था गरेर अर्थतन्त्रलाई सहज बनाउने प्रयास गरेको अधिकारीले बताए । रेमिट्यान्समा १ प्रतिशत बढी ब्याज, नगद मार्जिन, एनआरएनलाई डलर खाता, चाँदी र सुन आयात कडाइ, रिपोदर वृद्धि, पुनरकर्जा दर ७ प्रतिशत कायम, घर जग्गा सेयर कर्जा जोखिम भार वृद्धि र ८ महिनामा ७२ अर्ब रुपैयाँ तरलता उपलब्ध गराएको तथ्य उनले सार्वजनिक गरे । अहिले तरलता अभावले ब्याजदर बढेको पनि उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्