Shikhar Insurance

अनलाइन गेमको अबैध कारोबारबारे संसदमा प्रश्न, ‘दैनिक अरब–अरब बाहिरियो’

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २९, आईतवार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । अबैध रुपमा सञ्चालनमा रहेका अनलाइन गेमहरुको बिषयले संसदमा प्रवेश पाएको छ । प्रतिनिधी सभाको अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले अबैध अनलाइन गेमहरुका कारण नेपालले दैनिक अरब–अरब क्षति व्यहोरिरहेको तथ्य उजागर गरेका हुन् ।

उनले अबैध रुपले सञ्चालनमा रहेका अनलाइन गेमहरुका कारण नेपालमा भित्रिने रेमिटेन्स समेत घट्न थालेको निष्कर्ष पनि सुनाए ।
हाल वनएक्सबेट सहित आधा दर्जन भन्दा बढी अनलाइन गेमिङ एप्सहरु नेपाल र विदेशमा रहेका नेपालीहरुमाझ लोकप्रिय बनिरहेको छ । एउटै अनलाइन गेममा एक सय भन्दा बढी अप्सनसहितका अन्य गेमहरु खेल्न पाइन्छ । त्यस्ता गेमहरुबाट उत्पन्न भुक्तानीका लागि भने इसेवा, खल्ती, सेलपे, आईएमई पे लगायतका वालेटहरुको प्रयोग भैरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थ समिति सभाति दाहालले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री कार्यालय मातहतमा रहेका राजश्व अनुसन्धान विभागलाई श्रोत साधन सम्पन्न बनाएर अनलाइन मार्फत भैरहेका वित्तिय अपराध न्युनीकरणामा बिशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

दाहालले यसो भने संसदमा
पहिले राजश्व अनुसन्धान विभाग जस्ता निकाय प्रधानमन्त्री कार्यालयमा लगिएको भन्दै प्रधानमन्त्री निरंकुश बन्न खोजेको आरोप लागेको थियो । ति निकायहरु अहिले पनि प्रधानमन्त्री कार्यालय मातहतमै छन् । तर त्यसको बजेट भने जम्मा ८५ लाख मात्रै छ ।

अहिले रेमिटेन्सको मात्रा घटेको छ । तर विदेश जाने मान्छेहरुको संख्या बढेको बढ्यै छ । अहिले अनलाइन जुवाका कारण क्रिप्टोकरेन्सीमा त्यो डलर गैराख्या छ । त्यसको अनुसन्धान गर्ने साधन श्रोत, क्षमता र विज्ञता अहिलेको राजश्व अनुसन्धान विभागसँग छैन् । यो आइटीसँग सम्बन्धित विषय हो । आइटीका विज्ञहरु राखेर अनलाइन गेम खेल्ने र खेलाउनेहरुलाई मुद्धा चलाउने हैसियत यो राजश्व अनुसन्धान विभागले पाएको छैन् ।

दिनका दिन अरबका अरब रकम अनलाइन जुवाबाट उतै बसेको छ, क्रिप्टोकरेन्सीमा गएको छ । त्यसलाई प्रभावकारी अनुगमन गर्ने र त्यसको अन्त्य गर्नका लागि सरकार सक्षम बनोस ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्