Shikhar Insurance

अजोडको बार्षिकोत्सवमा रक्तदान र वृद्धाश्रमलाई सहयोग

सिंहदरबार संवाददाता
२०७९ असार २१, मंगलवार २०:२०
NIMB
Nabil Bank

काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बार्षिकोत्सवमा कम्पनीले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरि ३३ जना दाताहरुबाट रक्तदान गराएको छ ।

साथै, कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ९ गोंगबु स्थित हिमालयन बृद्घा आश्रमका ४३ जना बृद्घ तथा बृद्घाहरुको लागि खाद्यान्न समेत सहयोग गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा बृद्घा आश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरे ।

२०७५ साल असार २१ गतेदेखि व्यवसायिक कारोवार सुरु गरेको कम्पनीले ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन भने आधारभुत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् ।
त्यसैगरी कम्पनीले असार २० गतेसम्म १ लाख २२ हजार ९ सय ६५ बीमालेख जारी गरी कुल बीमा शुल्क १ अर्व ५६ करोड आर्जन गरेको छ ।
साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम ७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब भएको जगेडा तथा कोषमा १३ करोड ९५ लाख र बीमा कोषमा १५ करोड ९२ लाख संचित रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्