Shikhar Insurance

सम्पत्ती शुद्धिकरणको उच्च जोखिममा ६ वटा बीमा कम्पनी, समितिले खटायो ‘स्पेसल टास्क फोर्स’

दिलु कार्की
२०७९ असार २६, आईतवार ०९:१७
NIMB
Nabil Bank

काठमाडौं । कालोधनलाई बीमा पोलिसीमार्फत् सेतो बनाउन खोजेको आशंकामा आधा दर्जन कम्पनीमा बीमा समितिले ‘स्पेसल टास्क फोर्स’ खटाएको छ । नेपाल लाइफ कर्पोरेसन (एलआइसी), नेपाल लाइफ , सुर्या लाइफ, आइएमई लाइफ, युनियन लाइफ र रिलायन्स लाइफ सम्पत्ती शुद्धिकरणको उच्च जोखिममा देखिएको भन्दै समितिले बिषेश निरीक्षण टोली खटाएको हो ।

बिषेश निरीक्षण टोली पठाएर यी कम्पनीहरुले बिक्री गरेको एकल बीमा पोलिसीको सम्पुर्ण फाइल तानेर अहिले निरीक्षण तथा अनुगमन भइरहेको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेलले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआइयू) को विषेश आग्रहमा समितिले यी कम्पनीहरुमा विषेश निरीक्षण टोली खटाएको उनले जानकारी दिए ।
‘एकल बीमा पोलिसीमा सरेण्डर केस बढी भएका ६ वटा बीमा कम्पनीहरुमा सम्पत्ती शुद्धिकरणको आशंका गरिएको छ, अध्ययन अनुगमनको लागि समितिले ३ दिन अघि नै विषेश स्थलगत निरीक्षण टोली खटाइसकेको छ,’ समितिका प्रवक्ता पौडेलले सिंहदरबारसँग भने, ‘राष्ट्र बैंकको एफआइयूको आग्रहमा हामीले अध्ययन गरी एकल बीमा पोलिसी बढी खरिद गर्ने र सरेण्डर बढी भएका कम्पनीहरु छनौट गरी टोली पठाएका हौं ।’

यी कम्पनीहरुले बिक्री गरेका सम्पुर्ण एकल बीमा पोलिसीको र सरेण्डरको अवधि, कारण लगायतको तथ्यांकमा विषेश फोकस गरी निरीक्षण टोलीले अध्ययन गरी २/३ दिनभित्रै राष्ट्र बैंकमा रिपोर्ट पेश गर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थामा १० लाख रुपैयाँभन्दा बढी निक्षेप जम्मा गर्दा स्रोत खुलाउनु पर्छ । तर, स्रोत खुलाउन नमिल्ने गरी आर्जन गरिएको पैसाले करोडौंको एकल बीमा पोलिसी खरिद गरी निश्चित समय पछि सरेण्ड गरेको आशंका गरिएको छ । बीमाको माध्यमबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी जोखिम बढेको भन्दै राष्ट्र बैंकले समितिलाई ‘स्पेसल टास्क फोर्स’ खटाउन अनुरोध गरेको हो ।

बीमा समितिले एकल बीमा पोलिसी खरिद गरेको ३ वर्ष पछि सरेण्डर गर्न पाउने व्यवस्था गरेको छ ।

एकल बीमा पोलिसी सरेण्डरलाई आम्दानी देखाएर निश्चित समय पछि कालो धनलाई सेतो बनाएर बैंकमा जम्मा गरिएको आशंका एफआइयूले गरेको हो । सोही आशंकामा समितिलाई राष्ट्र बैंकले सम्पती शुद्धिकरणको कारण देखाएर सो विषयमा अध्ययन गरी रिपोटिङ गर्न आग्रह गरेको हो । समितिले सबैभन्दा बढी एकल बीमा पोलिसी बिक्री गर्दै निर्धारित समय आउने बित्तिकै सरेण्डर गर्ने कम्पनीहरुमा विषेश निरीक्षण टोली खटाएको प्रवक्ता पौडेलले बताए ।

समितिले बिषेश निरीक्षण टोली खटाएका कम्पनीहरुले ठुलो परिमाणका एकल बीमा पोलिसी खरिद गरी ३ वर्ष पुग्ने बित्तिकै सरेण्डर गरेको पाइएको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्