Shikhar Insurance

पहिलो सफल बीमा मर्जर : हिमालयन एभरेष्ट इन्स्योरेन्स साउन १ गते देखि सञ्चालनमा आउँदै

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार १२:३६
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार साउन १ गते देखि हुने भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले संयुक्त सूचना सार्वजनिक गर्दै साउन १ लाई एकीकृत कारोबार सुरू हुन दिन तोकेका हुन् ।

यो बीमा इतिहासको पहिलो सफल मर्जर हो । बीमा समितीले गत चैत्रमा पुँजी वृद्धि नीति अंगिकार गरेसँगै बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि प्राइम लाइफ, गुराँस लाइफ र यूनिएन लाइफ इन्स्योरेन्स मर्जर हुने सम्झौता गरिसकेका छन् भने सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले पनि सम्झौता गरेका छन् ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले असार २ गते विशेष साधारणसभा गरेर मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले १०० बराबर ८५ को स्वाप रेसियोमा मर्ज भएका हुन् । नयाँ कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्सको १०० कित्ता बराबर १०० नै र एभरेष्टको १०० बराबर ८५ कित्ता हुनेछ ।

यी कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने सहमति भएको थियो भने बीमा समितिले आपसमा गाभिने अन्तिम स्वीकृत असार १० गते दिएको थियो ।

सम्झौताअनुसार मर्जरपछि हिमालयनको १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजीमा एभरेष्टको १ अर्ब १८ करोड ३६ लाख चुक्तापुँजीको ८५ प्रतिशत चुक्ता समावेश हुँदा कुल चुक्ता पुँजी २ अर्ब १७ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्