Shikhar Insurance

भारतले इन्धनको मूल्य १६ रुपैयाँ घटाएर पठायो, नेपालमा नघट्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १, आईतवार १६:४३
NIMB
Nabil Bank

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूचि पठाएको छ । आइओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसाले घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूलय घटसँगै आइओसीले निगमलाई सोही अनुसार मूल्य समायोजन गरी पेट्रोलियम पदार्थ बिक्री गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, निगमले भने उपभोक्तालाई पेट्रोलियम पदार्थको मूल्य नघटाउने निगमका प्रवक्ता बिनितमाणि उपाध्ययले जानकारी दिए । आइओसीले घटाएर बिक्री गरेको पेट्रोलियम पदार्थमा पनि निगमलाई घाटा नै भएको हुँदा उपभोक्तालाई नघटाइने उनले बताए ।

‘आइओसीबाट पेट्रोलमा साढे १५ र डिजेलमा साढे १६ रुपैयाँले मूल्य घटेको छ, यति घट्दा पनि निगमलाई प्रतिलिटर १४ रुपैयाँ पेट्रोलमा र २२ रुपैयाँ डिजेलमा घाटा छ भने एलपी ग्यासमा प्रति सिलिण्डर ५ सय ८० रुपैयाँ बढी घाटा नै छ,’ निगमका प्रवक्ता उपाध्ययले सिंहदरबारसँग भने, ‘त्यसैले आइओसीले मूल्य घटाएपनि निगमले तल्कालै मूल्य समायोजन गर्न सक्ने अवस्था छैन ।’

निगमले पेट्रोलियम पदार्थमा मासिक ४ अर्ब ३२ करोड रुपैयाँ बढी घाटा ब्यहोरेर उपभोक्तालाई पेट्रोलियम पदार्थ बिक्री गरेको आइओसीबाट खरिद गरिएको मूल्य अनुसार उपभोक्ता मूल्य समायोजन नगरिने उनले जानकारी दिए ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो ।

नेपालमा भने पेट्रोल प्रतिलिटर १ सय ८१ रुपैयाँ र डिजेल १ सय ७२ रुपैयाँ कायम छ । निगमले आइओसीबाट पेट्रोल प्रतिलिटर २ सय ११ रुपैयाँ ११ पैसा र डिजेल प्रतिलिटर २ सय १० रुपैयाँ ६१ पैसामा खरिद गरेको हो । यसअघिसम्म पेट्रोल प्रतिलिटर १ सय ७९ रुपैयाँ र डिजेल १सय ६३ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्