Shikhar Insurance

दिर्घकालिन रोगीको हेरचाह गर्ने हस्पाइस नेपालको शिलान्यास

सिंहदरबार संवाददाता
२०७९ आश्विन २७, बिहीबार १९:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपालको धापाखेलमा दिर्घकालिन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पाइस नेपालको शिलान्यास भएको छ । हस्पाइस नेपाल नेपाल सरकारमा विधिवत रुपमा दर्ता भएको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हो ।

देशमा उपशामक सेवाको विकास गर्ने उद्धेश्यले २०५७ सालमा यसको स्थापना भएको थियो ।
यसले लगनखेलमा आठ शय्याको एकाइमा बिरामी सेवा, काठमाडौं उपत्यकामा सामुदायिक सेवा रग्रामीण समुदायमा आधारित सेवा प्रदान गर्दछ।

Citizen Life
Kumar Bank
Nepal Life

काठमाडौंको लगनखेलमा सामुदायिक सेवा अन्तर्गत लगनखेलमा आठ शय्याको एकाइमा र मकवानपुरमा ग्रामीण विकास अन्तर्गत मकवानपुर जिल्लामा सेवा प्रदान गर्दछ। यी दुवै अस्पतलमा सेवाहरु निस्शुल्क हुनेछन् । देशैभरि उपशामक सेवा उपलब्ध गराउन हस्पाइस नेपालले तालिम सुविधा युक्त २० शैयाको नमुना उपशामक सेवा केन्द्रको अवधारणा बनाएको छ । यसको लागि ललितपुरको धापाखेलमा ५ रोपनी जग्गा लिइएको छ भने राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा कोष संकलन गर्ने कार्य जारी छ ।

प्रोजेक्ट हस्पाइस नेपालमा संलग्न सम्पूर्ण सदस्यहरुको निरन्तरको प्रयास पश्चात ललितपुरको धापाखेलमा गत असोज २५ गते शिलान्यास गरिएको हो । यसको स्थापनाले मुलुकमा उपशामक सेवाको नयाँँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ

GBIME

प्रतिक्रिया दिनुहोस्