Shikhar Insurance

लाभांश घोषणामा गडबडी गरेको रिडी पावरले सीसीटीभी फुटेज दिन मानेन, इन्साइडरको पनि आशंका

सिंहदरबार संवाददाता
२०७९ मंसिर १८, आईतवार १८:२४
NIMB
Nabil Bank

काठमाडौं । कारोबार समयमा बैठक राखेर लाभांश घोषणा गरेको रिडी पावर कम्पनीले नेप्सेले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएको छ । नेप्सेले सूचीकरण विभाग प्रमुख भेषराज खनालको नेतृत्वमा ७ दिनको म्याद दिएर छानविन समिति बनाएको थियो । तर छानविन समितिकै प्रतिवेदनमाथि नै प्रश्न उठेको नेप्से स्रोतले बतायो । ‘छानविन समितिको प्रतिवेदनमा सीसीटीभी फुटेजबारे केहि पनि उल्लेख गरिएको रहेनछ, हामीलाई समितिको प्रतिवेदनमै पनि आशंका छ ।’, नेप्से उच्च स्रोतले भन्यो ।

नेप्सेले गठन गरेको छानविन समितिलाई बयान दिँदा बैठक राखिएको समय टाइप मिस्टेक भएर ११ बजे भएको दावी गरेको थियो । ‘हामीले सीसीटीभी फुटेज हेर्छौ भनेका छौं, उहाँहरुले दिनु भएको छैन्, चिठ्ठि लेखेर पठाउँदा छैन् भन्ने जवाफ आएको छ, अब सेबोनलाई कारवाहीका लागि सिफारिस गर्छौ’, नेप्से उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

रिडी पावर कम्पनीले मंसिर ६ गते मंगलबार ११ बजे सञ्चालक समिति बैठक राखेर ४२.१० प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । जसमा ४० प्रतिशत बोनस सेयर २।१० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने भनेको थियो ।

रिडीको सेयरमा इन्साडर ट्रेडिङ भएको आशंकामा नेप्से र सेबोनले थप अध्ययन गरिरहेका छन् ।

सिंहदरबार समाचार प्रभावः रिडीको सेयर कारोबार रोक्का, घोषित लाभांशमा नेप्सेले माग्यो स्पष्टिकरण

रिडीको लाभांशमा गडबडी, ११ बजे बैठक राखेर चार बजे सूचना सार्वजनिक, ८ करोडको सेयर कसले किन्यो ?

GBIME

प्रतिक्रिया दिनुहोस्