Shikhar Insurance

रिडीको लाभांशमा गडबडी, ११ बजे बैठक राखेर चार बजे सूचना सार्वजनिक, ८ करोडको सेयर कसले किन्यो ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार १८:३७
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार रिडी पावर कम्पनीले बम्पर लाभांश घोषणा गर्यो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ४२.१० प्रतिशत लाभांश दिने निर्णय गरेको छ, जसमा ४० प्रतिशत बोनस सेयर छ भने २.१० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने भनेको छ ।

तर यस्तो निर्णय गर्दा भने कम्पनी सञ्चालक समितिले नियम उल्लंघन गरेको देखिन्छ । कम्पनीले नेप्सेमा पठाएको सूचना अनुसार सञ्चालक समितिको बैठक बिहान ११ बजे बसेको थियो । ११ बजे बसेको सञ्चालक समितिको बैठकको लाभांश सम्बन्धी निर्णय भने कम्पनीले १५ः५४ः५७ मिनेट अर्थात ३ बजेर ५४ मिनेट ५७ सेकेन्डमा नेप्सेमा अपलोड गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबार समयमै लाभांश वितरण प्रयोजनका लागि बैठक राखेको कम्पनीको मंगलबार दोश्रो धेरै कारोबार हुने कम्पनीमा दर्ज भएको छ । मंगलबार रिडी पावर कम्पनीको ८ करोड ६७ लाख ६३ हजार ९ सय ३४ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ ।

सेयर कारोबार समयमा सञ्चालक समितिको बैठक राखेर कारोबार सम्पन्न भएपछिमात्रै सूचना सार्वजनिक गर्नुले गोप्य सूचना चुहाएको आशंका गरिएको छ ।

के भएको हो ? हामी हेर्छौंः धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले रिडिको लाभांश र सेयर कारोबारबारे बोर्डले थप अध्ययन गर्ने बताए । ‘कारोबार समयमा सेयर मूल्यलाई प्रभावित पार्ने बैठक राख्न नहुने नियम छ, रिडीको हकमा त्यस्तो भएको हो भने हामी हेर्छाै’, बोर्डका प्रवक्ता केसीले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्