Shikhar Insurance

‘बैंकर र व्यवसायी मिलेर अघि नबढे जटिल समस्या आउँछ’

बिष्णु अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ
२०७९ फाल्गुन १०, बुधबार ११:०८
NIMB
Nabil Bank

नेपालको अर्थतन्त्रमा संकटको घडीबाट मुक्त हुँदै उचाई तर्फ अघि बढ्ने प्रयास गरिरहेको छ । तर विश्वव्यापी घट्नाक्रम र हाम्रो आन्तरिक कारणले अर्थतन्त्रमा केहि समस्याहरु बाँकी नै छन् । अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले केहि पहल कदमी लिईरहेको छ ।

हामी उद्यमी व्यवसायीहरुले पनि सकारात्मक सोँचसहित अघि बढ्ने प्रयास गरिरहेका छौं । अब सरकार, बैंक तथा वित्तीय संस्था र उद्यमी व्यवसायी सबै मिलेर अघि बढ्नुपर्छ । एकले अर्काेलाई गाली गरेर, आरोप–प्रत्यारोप गरेर समस्याहरुको समाधान हुँदैन् । बरु समस्याहरु झनै बढ्नेछन्, त्यसकारण हामीले मिलेर अघि बढ्नुपर्ने समय आईसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो समय भनेको सरकार, बैंकर र व्यवसायी सबै एक अर्का प्रति जिम्मेवार र उदार हुनुपर्ने समय हो । अहिले बैंकहरुको सीडी रेसियो ‘कम्फर्ट जोन’मा छ । बैंकहरुले लगानीका लागि दिल खुला गर्नुपर्छ । राष्ट्र बैंकले ब्याजदर घटाउनका लागि पहल गर्नुपर्छ र बैंकरहरु त्यसमा राजी हुनुपर्छ ।

बैंकहरुको ब्याजदर घट्ने वित्तिकै हामी उद्यमी व्यवसायीहरुरुको लागत घट्न गई मनोबल बढ्न जान्छ । उद्यमी व्यवसायीहरुमा छाएको निरासा हट्ने वित्तिकै अर्थतन्त्रमा चमक आईहाल्छ । त्यसको प्रस्थान विन्दु भनेको ब्याजदर घटाउने कदम नै हो ।

पछिल्लो समय बैंकर र व्यवसायीहरु फरक फरक कित्तामा उभिएर एकले अर्काेलाई आरोप लगाईरहेको अवस्था देखिन्छ । यसरी एक अर्का विरुद्ध आरोप लगाएर कोहि पनि कहिँ पनि पुग्न सकिन्न । हाम्रो मूल ‘कन्सर्न’ भनेको ब्याजदर घट्नुपर्छ भन्ने नै हो । राष्ट्र बैंकले बेस रेट अलि अलि चलाइदिने हो भने समस्याको समाधान आईहाल्छ । हामी उद्यमी व्यवसायीहरु बैंकहरुसँग सहकार्य गर्न तयार छौं ।

हामी बैंकहरुलाई सहयोग गर्न पनि तयार छौं । बैंकहरु विरुद्ध नागरिकहरुमा बढ्दै गएको आक्रोश कम गर्न पनि बैंकर र व्यवसायी मिल्नुपर्ने आवश्यकता देख्छु । बैंकहरु विरुद्ध नागरिकहरुमा देखिएको आक्रोश रोक्नु पर्ने बेला भैसकेको छ ।

आज बैंकहरु विरुद्ध नकारात्मकता फैलिएको छ, त्यो भोली व्यवसायीहरु तर्फ मोडिन सक्छ भन्ने यथार्थ हामी सबैले बुझ्नुपर्छ । बैंकर र व्यवसायी एउटै डुंगाका यात्री हुन् । डुंगा पल्टियो भने दुबै डुब्ने नै हो ।

पछिल्लो समय देशभर बैंक तथा वित्तिय संस्थाहरुका विरुद्ध निर्माण हुँदै गएको ‘सेन्टिमेन्ट’ प्रति सबै सचेत हुनु आवश्यक छ । आज बैंकहरुका विरुद्ध आन्दोलन हुँदा त्यसलाई गम्भिर रुपले लिइएन भने भोली अरु विरुद्ध पनि आन्दोलन उठ्नेछ ।

फेरी बैंक र व्यवसायीमध्ये कुनै एउटा पक्ष अघि बढ्ने अनि अर्काे पक्ष पछि पर्ने भन्ने नै हुँद्रन् । व्यवसाय बिग्रियो भने त्यसको असर बैंकहरुमा पर्छ । बैंकहरु बिग्रिए भने त्यसले व्यवसायीहरुलाई असर गर्छ । यो अर्थशास्त्रको चक्र नै हो ।

सहकारीहरुबाट सुरु भएको नागरिक आक्रोश लघुवित्त हुँदै बैंकहरुसम्म आईपुगेको छ । अब त्यो उद्योगी व्यवसायी हुँदै सरकार विरुद्ध पुग्न सक्छ ।
त्यसकारण अब सरकार, नेपाल राष्ट्र बैंक, बैंकर र हामी उद्यमी व्यवसायीहरुले ‘विन विन’ हुने गरि समस्याको समाधान खोजी हाल्नुपर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्