Shikhar Insurance

युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा लगानी गर्न तयार

सिंहदरबार संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १५:००
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत एमएस नोनी डिपरेजले शुक्रबार भेट गरेका छन् । अर्थमन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको थियो ।

गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपियन युनियनले सहयोग उपलब्ध गरार्इरहेको छ । युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक रहेको अर्थमन्त्री डा. महतले बताए । युरोपियन युनियनको सहयोग नेपालका लागि महत्वपूर्ण रहेकाले ऊर्जा, भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न नेपालले चाहेको विषयमा छलफल केन्द्रित रहेको डा. महतले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष्य मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न यूरोपियन युनियन उत्साहित भएको मन्त्री डा. महतको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्