Shikhar Insurance

चुरे मास्न राष्ट्रिय सहमति- ढुंगा, गिट्टी बेचेर समृद्धि

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १९:३५
NIMB
Nabil Bank

काठमाडौं । ‘वातावरण प्रतिकुल नहुने गरि नदिजन्य ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुन निर्माण गरिनेछ, चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरि त्यस्ता खानीका बस्तुहरुको उत्पादन र निर्यातको व्यवसायीक सम्भावना खोजिनेछ ।’, यो नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेटिएको बिषय हो ।

मन्त्रिपरिषदबाट पारित र राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा जेठ ५ गते वाचन गरेको दस्तावेजकै आधारमा सरकारले जेठ १५ गते सार्वजनिक गर्ने आगामी आर्थिक वर्षका लागि बजेट वक्तव्य तयार पार्दछ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको संयुक्त सरकारले ल्याएको चुरे दोहन सम्बन्धी यो नीतिमा सम्भवतः राष्ट्रिय सहमति देखिन्छ ।

Citizen Life
Kumar Bank

यस अघि केपी ओली सरकारले पनि चुरेबाट ढुंगा, गिट्टी झिकेर निर्यात गर्ने व्यवस्था बजेटमा ल्याएको थियो । त्यतिबेला सरकारको चौतर्फी आलोचना भएको थियो । व्यापाक आलोचनापछि सरकारले बजेटको सो व्यवस्था कार्यान्वयन गरेको थिएन् । यसपाली पनि त्यसरी नै सरकारको नीति तथा कार्यक्रममा चुरेबाट गिट्टी, ढुंगा निर्यात गर्ने उल्लेख गरेको छ । तर त्यसको बिरोधमा खासै ठूलो आवाज उठेको छैन् ।

यस अघि चुरो दोहनका विरुद्ध आवाज उठाउने माधव नेपाल पनि यसपाली मौन छन् । नारायणमान बिजुक्छेले पनि मुख खोलेका छैनन् । सरकारको नीति था कार्यक्रम आउनु केहि दिन अघि मात्रै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले गिट्टी, ढुंगा निर्यात गरेर बर्षमा दुई खर्ब भन्दा बढी आम्दानी गर्न सकिने भन्दै सार्वजनिक लबिङ गरेका थिए ।

 

‘अब ढुंगा/गिट्टी निर्यात गरेर वर्षमै दुई अर्ब डलर कमाउन सकिन्छ, उपयोग गरौं’

ढुंगा, गिट्टी र काठ निर्यात गरेर ३ खर्ब आर्जन गर्न सकिन्छ, सरकारले सोचोस- अग्रवाल

चुरे मासेर ढुङ्गा गिट्टी, बालुवा बेच्दैनौं : प्रधानमन्त्री देउवा

ढुंगा, गिट्टी र बालुवा निर्यात गर्ने योजना जनघाती छ, तराईलाई मरुभूमि बनाउँछः नेपाल

चुरे मासेर भारतलाई बालुवा, ढुंगा, गिट्टी बेच्ने निर्णय गलतः बिजुक्छेँ

चुरेबाट एक डोको माटो र एक डोको गिट्टी पनि उठाउँदैनौंः अर्थमन्त्री

चुरेलाई मरूभुमी बन्न दिन्नौंः अर्थ मन्त्रालय

ढुंगा, गिटी, बालुवा निर्यातको योजना मेरो हो, यसले चुरे दोहन रोक्छ र समृद्धि पनि ल्याउँछः पोखरेल

यी १४ जिल्लाको चुरे मासेर ढुंगा, गिटी, बालुवा भारतमा बेचेर समृद्धि ल्याउने ओली सपना

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्