Shikhar Insurance

चुरेबाट एक डोको माटो र एक डोको गिट्टी पनि उठाउँदैनौंः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार १२:०७
NIMB
Nabil Bank

काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राम्रो बजेटमा खोट लगाउन विषय अतिरञ्जित गरिएको आरोप लगाएका छन् । आफूले राम्रो बजेट बनाएको तथा यसले दुरगामी महत्वका विषय समेटेको दाबी गर्दै उनले वातावरण संरक्षणमा सरकार जिम्मेवारहीन रहेको भन्नु अनावश्यक आरोप मात्र भएको बताए ।

उनले चुरको संरक्षणका लागि आफू र सरकार प्रतिवद्ध रहेको बताए । कुनै प्रकारले उत्खनन नगर्ने र सम्पूर्ण रुपमा संरक्षण गर्ने दृष्टिकरण सरकारको रहेको उनको दाबी छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको बजेट कार्यान्वयनः समस्या र समाधानका विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकार चुरे सक्षरणका लागि प्रतिवद्ध रहेको बताउँदै भने–‘चुरेबाट एक डोको माटो र ढुंगा पनि निकालिने छैन, चुरे संरक्षण हाम्रो मुल उदेश्य हो ।

Citizen Life
Kumar Bank
Nepal Life

चुरे संरक्षणमा सरकार जुटेको हुँदा हुँदै यो सच्चाइ थाहा हुँदाहुँदै यसलाई अन्यथा मोडेर पुराना क्लिप समेत जोडेर अनावश्यक प्रचार गरिएको छ ।
हामी चुरेबाट एक डोको माटो र एक डोको गिट्टी पनि उठाउँदैनौं, उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्