Shikhar Insurance

गैरकानुनी कार्य गर्ने दुई मेनपावरलाई जनही २ लाख रुपैयाँ जरिवाना

सिंहदरबार संवाददाता
२०८० श्रावण ३१, बुधबार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम इजाजतपत्र नलिई सञ्चालनमा रहेका दुई मेनपावर व्यवसायीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

स्वीकृति नै नलिइ सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विज्ञापन गरी राहदानी संकलन गरेको पाइएपछि इगल मेनपावर कन्सलटेन्ट र क्यापिटल रिक्युटमेन्ट सर्भिसेजलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै सामाजिक सञ्जालमा विज्ञापन गर्दै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने ललितपुरका दुईवटा सुयान एजुकेशन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा विभागले अनुगमन गरेको छ । स्थलगत अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा जान इच्छुकहरूले सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न विभागले प्रेस विज्ञप्ति प्रकाशित गरी अनुरोध गरेको छ । कानुनविपरीत हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्नसमेत सबैमा अनुरोध गरेको छ।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणमा विभाग आक्रामक बन्दै गएको छ । केही दिन अगाडि पीडितलाई क्षतिपूर्ति नदिने दुई मेन पावरको इजाजत पत्र नै रद्द गरेको थियो ।

baideshik

GBIME

प्रतिक्रिया दिनुहोस्