Shikhar Insurance

श्रीनगर एग्रीटेकले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

सिंहदरबार संवाददाता
२०८० भाद्र १२, मंगलवार १७:२३
NIMB
Nabil Bank

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको भविष्यमा निष्काशन गर्ने आईपीओको निष्काशन तथा बिकी प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई नियुक्ति गरेको हो ।

कम्पनीको संचालक समितिको निर्णयानुसार कम्पनीले आफ्नो जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १००रुपैयाँ दरको १३ करोड रकम बराबरको १३ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौता पत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर सम्पन्न भएको हो ।

श्री श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा विधिवत दर्ता भई संचालनमा रहेको छ । कम्पनीको रजिष्टार कार्यालय काठमाडौं महानगरपालिका, वडा नम्बर–१ थिरवम सडक, टंगाल काठमाडौंमा रहेको छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज नेपालकै पहिलो आइएसओ ९००१ः२०१५ प्रमाणित एकिकृत कुषि व्यवसाय हो ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले कृषि अन्तर्गतको व्यवसाय इं.सं. २००२ मा श्रीनगर एग्रो फार्मको स्थापनाबाट सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्दै इ.स. २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिजबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन-४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ ।

कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोक्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ ।

कम्पनीले श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय-समयमा तालिम प्रदान गर्नुका साथै ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्