Shikhar Insurance

महोत्तरीका किसानले पाए उखुको भुक्तानी, बढ्यो खेती

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १२:४३
NIMB
Nabil Bank

महोत्तरी । महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो ।

उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन् । भङ्गाहा–४ रामनगरका किसान अरुण गिरी भन्छन्,“यसपालि उखु मिलबाट सबै रकम पाइयो । तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौँ ।” आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ । उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाह भन्छन्,“यो अवैज्ञानिक छ ।” बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्याङ्कनलाई मूल्य निर्धारणको आधार बनाइन पर्ने उनी बताउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्याङ्कनका आधारमा कमसेकम ७ सय प्रतिक्विण्टल पाउनुपर्ने माग गरेका थिए तर सरकार र उद्योगबीचको सहमतिपछि ६ सय १० कायम भएको । ५ सय ४० उखुको मूल्यबापत उद्योगले दिने र ७० रुपैँया सरकारले अनुदानबापत दिने गरेको छ । किसानले उद्योगबाट पाउनुपर्ने सबै भुक्तानी पाए पनि अनुदानबापतको रकम पाउन बाँकी छ ।

उखुको भुक्तानी सहज भएपछि पछिल्ला दुई वर्षयता जिल्लामा खेती बढ्दै गएको छ । एकदशकअघि १८ हजार बिघामा उखुखेती हुनेगरेको थियो । उत्पादनको भुक्तानी सहजै प्राप्त हुन थालेपछि क्रमशः खेती बढ्दै गएर यसपालि १० हजार बिघा नाघेको अध्यक्ष कुशवाहले बताए । एभरेष्ट चिनी उद्योग वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले यसपालि १२ हजार पाँच बिघामा गरिएको उखु उद्योगले खरिद गरेको जानकारी दिए । उद्योगले महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा र रौतहटबाट पनि उखु खरिद गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्