Shikhar Insurance

भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

सिंहदरबार संवाददाता
२०८० आश्विन १०, बुधबार १४:०४
NIMB
Nabil Bank

भादगाउँ । विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भादगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका ९ढोका०मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।

‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

पर्यटकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले पुरानो सहर आफैंमा एउटा सम्पदा सहर भएको जनाउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताए । भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको जनाउँदै उनले भने, “सयौं वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गर्दै आइरहेको छ ।”

भक्तपुर प्रवेश गर्ने पर्यटकहरूमध्येका अन्ना सिंहले भक्तपुरले गरेको न्यानो स्वागतबाट आफू निकै प्रभावित भएको र सोका लागि धन्यवादज्ञापन गर्दै यहाँका कला कृतिहरु आफैंमा अद्वितीय रहेको तथा यहाँको पर्यटन प्रवर्द्धनमा आफ्नातर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुको टोलीलाई मयूरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गरेका थिए। कार्यक्रममा नपाका कार्यपालिका सदस्यहरू, कर्मचारी र पर्यटनसँग सम्बन्धित सरोकावालाहरूको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्